पोखरा महानगरले बनायो १७ कानुन

पोखरा, चैत २९ ।
पोखरा लेखनाथ महानगरपालिकाले १७ वटा ऐन, नियम तथा कानुन, कार्यविधि तयार गरेको छ । फागुन २६ गते सभामा पेश भएका बिधेयक १ महिनापछिको छलफल र संशोधनपछि बुधबारको बैठकले अन्तिम रुप दिएको हो । यसमा बिधायन समितिले दफावार छलफल गरेर नगरसभामा प्रश्ताव गरेको थियो । १८ वटा बिधेयक पेश भएपनि सार्वजनिक निजी साझेदारी नीति चाहीँ पारित भएन ।

महानगरीय कृषि ऐन, कृषि बजार प्रबद्र्धन ऐन, सहकारी ऐन, कर्मचारी ब्यवस्थापन ऐन, कृषि नीति, पशु नीति, स्वास्थ्य नीति, शिक्षा कार्यविधि, एफ एम रेडियो संचालन कार्यविधि, योजना आयोग गठन कार्यविधि, विधायन समितिको कार्यविधि, फोहोरमैला ब्यवस्थापन निर्देशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, बजार अनुगमन निर्देशिका र उपप्रमुखसंग महिला कार्यक्रमको निर्देशिका पारित भएको हो ।

केन्द्र सरकारले पठाएकै नीति कार्यान्वयन गर्ने भन्दै यसबारे छलफल नभएको हो । यद्यपी यसैको ऐन चाहीँ पारित भएको छ । महानगरीय कृषि ऐन, कृषि बजार प्रबद्र्धन ऐन, सहकारी ऐन, कर्मचारी ब्यवस्थापन ऐन, कृषि नीति, पशु नीति, स्वास्थ्य नीति, शिक्षा कार्यविधि, एफ एम रेडियो संचालन कार्यविधि, योजना आयोग गठन कार्यविधि, विधायन समितिको कार्यविधि, फोहोरमैला ब्यवस्थापन निर्देशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, बजार अनुगमन निर्देशिका र उपप्रमुखसंग महिला कार्यक्रमको निर्देशिका पारित भएको हो ।

तत्कालका लागि आबश्यक बिधेयक पारित भएकाले महानगरलाई काम गर्न केही सहज हुने मेयर मानबहादुर जिसीले बताए । कार्यक्रममा काँग्रेसका सचेतक तथा वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले चुनावको १ बर्ष वितिसक्दा पनि महानगरले देखिने गरी काम गर्न नसकेको प्रति गुनासो गरेका थिए । खासगरी महानगरले गरेका अपरिपक्व निर्णय र विरोधपछि फिर्ता लिईएका योजनाहरुमा ब्यंग्यात्मक हिसावले विरोध गरे । उनले वडासदस्यलाई पनि कामको जिम्मेवारी दिनुपर्नेमा जोड दिए ।

महानगरले २०७५ लाई सार्वजनिक सम्पत्ति संरक्षण बर्षको रुपमा मनाउने निर्णय गरेको छ ।

यसैबीच, महानगरले २०७५ लाई सार्वजनिक सम्पत्ति संरक्षण बर्षको रुपमा मनाउने निर्णय गरेको छ । महानगर क्षेत्रमा रहेका सार्वजनिक जग्गा र प्राकृतिक श्रोतको संरक्षण गरी महानगरको दायराभित्र ल्याउने योजना अनुसार कार्यक्रम तय गरिएको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले बताए । यसैबीच, महानगरमा फ्रि वाईफाई जोन विस्तारको योजना पनि छ ।

बैशाख १ गते २ ठाउँबाट यसको सुरुवात हुने तिमिल्सीनाको भनाई छ । उनका अनुसार एयरपोर्ट र गण्डकी हस्पिटलभित्र बैशाख १ गते नै फ्रि वाईफाई प्रयोग गर्न मिल्नेछ । लगत्तै मातृशिशु मितेरी अस्पताल र शिशु अस्पतालमा पनि यो वाईफाई फ्रि गरिनेछ ।