पोखरा महानगरभित्रै बालश्रम शोषण (फोटोमा हेर्नुस्)

पोखरा, फागुन २३ ।
पोखरा लेखनाथ महानगरपालिका कार्यालयभित्रै बालबालिकालाई श्रममा लगाएको भेटिएको छ । महानगर परिसर भित्र निर्माणाधीन भवनमा दुई बालकले काम गरिरहेका छन् । सन् २०१२ देखि बालमैत्री नगर बनाउने अभियानमा रहेको पोखरा महानगरले आफ्नै कार्यलयभित्र कार्यरत बालबालिकाबारे बेवास्ता गरिरहेको छ ।
सामाजिक महाशाखाको आडैमा बन्दै गरेको भवनमा विगत लामो समयदेखि बालकहरुले काम गरिरहेका नगरपालिकाकै कर्मचारी बताउँछन् । महानगरलाई सन् २०१९ भित्र बालमैत्री महानगर बनाउने तयारी छ । बालमैत्री नगर घोषणा भएपछि कुनैपनि बालबालिकालाई श्रममा लगाउन पाईँदैन । अभियानमा रहेको महानगरले बालबालिकाप्रति गरेको वेवास्ताले अभियान सफल हुनेमा सरोकारवाला नै ढुक्क छैनन् ।
बलश्रममा लगाईएका बालबालिकाको फोटो खिच्न लाग्दा बल्ल महानगरका कर्मचारीले देखेर काम नगर्न भनेका थिए । उनीहरुले ठेकेदारसँग कुरा गरेर बालश्रमिक हटाउन निर्देशन दिने बताए ।