पोखरा महानगरको फोहोर उठाउने गाडीमा शिशुको शव फेला

पोखरा, पुस २३ ।
पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडीमा आज नवजात शिशुको शव फेला परेको छ । पोखरा १७ बिरौटा स्थित अन्नपुर्ण मार्ग र यज्ञशालामार्गबाट ग १ ख ८४७८ नं को फोहोर उठाउने महानगरपालिकाको गाडीबाट ल्याएको फोहोरमा शिशुको शव फेला परेको हो ।

शव पोखरा महानगरपालिका–१४ डम्पिङ साईडमा फोहोरको प्रकार छुट्टाउने कर्मचारीहरुले फोहोर छुट्टाउने क्रममा तन्नाले बेरिएको अवस्थामा भेटिएको हो । भेटिएको शव पुरुषको रहेको प्रहरीले जनाएको छ ।