पोखरा प्रिमियर लिगको विजेतालाई २७ लाख रुपैयाँ पुरस्कार

पोखरा, कार्तिक ७ ।
शुक्रबारदेखि पोखरा रंगशालामा शुरु हुने टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगको पुरस्कार राशी सार्वजनिक गरिएको छ । फ्रेन्चाईज टिम बीचको प्रतिस्पर्धामा नेपालमा सञ्चालित क्रिकेटको प्रिमियर लिगको पुरस्कार राशी सर्वा्धिक रहेको घोषणा गरिएको छ ।

क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित पोखरा प्रिमियर लिगको विजेताले २७ लाख रुपैयाँ पाउने छन् । प्रालिले बुधबार मात्रै प्रेस विज्ञप्ति मार्फत पुरस्कारको राशी सार्वजनिक गर्दै सर्वा्धिक राशीको क्रिके प्रतियोगिता भएको दावी समेत गरिएको छ । उपविजेताले १० लाख रुपैयाँ पाउने छन् ।

नमस्ते प्रिमियम वियरको टाईटल स्पोन्सर रहेको पोखरा प्रिमियर लिगलाई ग्राण्ड मास्टर त्रिपल एक्स रम पावर्ड बाईमा रहेको छ । प्रतियोगितामा म्यान अफ दि सिरिज, उत्कृष्ठ व्याट्सम्यान र उत्कृष्ठ बलरलाई भीजी अटोमोवाईल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सिसीको मोटरसाईकल प्रदान गरिने समेत आयोजकले जनाएको छ ।

प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबांट –एक्स्टेप, सुविसु आदि)ले ५ हजार बजारको गिफेट ह्याम्पर प्रदान गरिने छ । पोखरा प्रिमियर लिगको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद १५ हजार ५ सय रुपैयाँ प्रदान गरिने समेत जनाइएको छ ।