पोखरा–नेपालगञ्ज पनि प्लेनमा, बुद्ध एयरले उडान भर्ने

पोखरा, माघ १ ।
निजी क्षेत्रको हवाई सेवा दिदै आएको बुद्ध एयरले पोखरा–नेपालगंज सिधा नियमित उठान गर्ने तयारी थालेको छ । एयरले वैशाख १ देखि पोखरा–नेपालगंज नियमित उडान गर्ने तयारी गरेको हो । हाल काठमाडौंबाट मात्र उडान गरिररहेको बुद्धले २०७५ सालको नयाँ वर्षदेखि पोखराबाट पनि नेपालगंज दैनिक उडान गर्ने घोषण गरेको छ । काठमाडौं पोखरा र पोखरा हब विमानस्थल बनाएर बुद्धले भरतपुर र भैरहवा उडान गरिरहेको छ । गाडीबाट १० देखि १२ घण्टा लाग्ने उक्त रुटमा हवाईसेवा सुरुभएपछि यात्रा छिटो हुनेछ ।
सर्वसाधारण यात्रुदेखि देशी विदेशी पाहुनाहरुलाई सहज हुने र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमणमा विदेशीहरुलाई सहज यात्रा होस भनेर उडान सुरु गर्न लागिएको बुद्ध एयरले जानकारी दिएको छ । बुद्ध एयरले विशेषगरी पोखरा आएका पर्यटकलाई मानसरोबर जान सहज होस भन्ने उद्देश्यबाट उडान सुरु गर्न लागेको हो। भारतीयहरु पोखरा पनि आउन चाहने र मानसरोबर पनि जान चाहने तर गाडीको यात्रा लामोमात्र नभइ कष्टकर पनि भएकोले हवाई उडान सुरु योजना बुद्धले बनाएको छ ।