पोखरा ट्रेडमलको निर्देशक बने सौगात

पोखरा, भदौ १० ।
पोखरा ट्रेडलमको बोर्ड अफ डाइरेक्टरमा युवा व्यवसायी सौगात थापा नियुक्त भएका छन् । अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका थापा आइतबार बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका हुन् । ट्रेडमललाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि निर्देशक नियुक्त गरिएको सञ्चालक समितिले जनाएको छ ।  थापा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य पनि हुन् ।

नवनियुक्त निर्देशक थापाले ट्रेडमललाई प्रविधिको उपयोग गरी व्यवसायीमैत्री बनाउने बताएका छन् । ‘अग्रजका सल्लाहलाई अनुसरण गर्दै पोखरा ट्रेडमलको स्तरोन्नतिमा लाग्नेछु,’ उनले भने, ‘ट्रेडमलको पोखरामा विशेष ब्राण्ड छ । यसलाई व्यवसायीमैत्री बनाउन सकेको प्रयास गर्नेछु ।’

युवालाई व्यवसायीक क्षेत्रमा आकर्षित गर्न सौगात प्रेरणा बन्न सक्ने ट्रेडमलका अध्यक्ष मिनराज काफ्लेले बताए । ‘अहिले युवामा व्यवसायप्रति आकर्षण छ । तर मर्यादित र व्यवसायीक हुन सकिरहेका छैनन्,’ उनले भने, ‘सौगातको नियुक्तीले युवा पुस्ता अझै सशक्त हुने विस्वास छ । सयौं युवाहरुको प्रेरणा बन्न सक्नु हुनेछ ।’ पछिल्लो समय व्यवसायसँगै सौगात नेतृत्वतर्फ मोडिएका छन् ।