पोखरा–काठमाण्डौं सडक ६ लेनको बन्ने

पोखरा, पुस ६ ।
अर्थमन्त्री युवराज खतिवडाले पोखरा काठमाडौंको सडक ६ लेनको बनाउने तयारीमा सरकार लागेको बताएका छन् । उनले ४ लेनको डेडिकेट सहित ६ लेनको पोखरा जोड्ने सडक निमार्णका लागि दातृ राष्ट्रसंग कुरा भइरहेको उनले सुनाए ।

पोखरामा आउने सडक स्थर उन्नति र विस्तारको काम काम नहुदाँ यात्रा अप्ठेरो हुने गरेको बताए । उनले पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल छिट्ै निर्माण सम्पन्न गर्ने, पोखराका ९ वटा तालको विकास र संरक्षणका लागि एकीकृत रुपमा काम गर्न स्थानीय र प्रदेश सरकार संग सहकार्य गरि अघी बढ्ने पनि उनले बताए । बिहीबार पोखराको लेखनाथमा शुरु भएको लेखनाथ महोत्सवको उद्घाटन गर्दै त्यस्तो बताएका हुन् ।