पोखरा–काठमाण्डौं रात्री बसमा ट्वाईलेट सहित उच्च सुविधा

पोखरा, साउन १५ ।
ड्रिमवे टुर्स एण्ड ट्राभल्सले पोखरा काठमाण्डौ रात्री बस सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखराबाट विभिन्न गन्तव्यका लागि व्यवसायीहरुविच गुणस्तरीय बस सेवा सञ्चालनको होडबाजी चलिरहेका बेला ड्रिमवे टुर्स एण्ड ट्राभल्स पोखराले आरामदायी र सुविधा सम्पन्न रात्री बस सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

आगामी १८ गते देखि संचालनमा आउने उक्त बस पोखराको लेकसाईबाट हरेक साँझ आठ बजे छुट्नेछ भने काठमाण्डौबाट पनि सोही समयमा छुट्नेछ । आन्तरीक र बाह्य दुवै नागरीकका लागि लक्षित गर्दै उक्त बस सेवा संचालन गरीएको कम्पनिका संचालनक सुवास पहारीले जानकारी दिए ।“बसमा यात्रा गर्दा आरामदायी सिट त छदैछ, फुल एयर सस्पेन्सन, मोबाईल चार्जर, ब्लांङ्केट, मिनरल वाटर, स्न्याक्स, बस कर्मचारीद्धारा गरीने सम्मानपूर्ण ब्यबहार, बसभित्रै ट्वाईलेट र वास रुम, लगायतका सुविधाहरु हाम्रा विशेषता हुन् ।” पहारीले भने ।

सुविधासम्पन्न रात्रीबस सेवाले पोखराको पर्यटन प्रबद्र्धनमा पनि ठूलो टेवा पुर्याउने उनको विश्वास रहेको छ । विगत लामो समयदेखि ट्राभल्स र बस सेवामा अनुभव बटुलेका संचालक पहारीले भविष्यमा आवश्यकता अनुसार थप बस संञ्चालन गर्ने तथा यात्रुको सेवा सुविधामा वृद्धि गर्ने आफ्नो योजना रहेको बताए ।