पोखरा एयरपोर्टलाई भारतीय अवरोध, बम बारुद्ध किन्न समस्या

पोखरा, कार्तिक १६ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला बेहोर्नुपरेको गुनासो गरेको छ । बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको उसले बताएको छ

अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्नेलगायत काम भइरहेका छ । जमिन खन्दा निस्केको ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस्फोटक पदार्थ आवश्यक परेको छ । पोखराको सेती नदीपूर्वको बालुवा–गेग्रान जमेको भूगर्भ चट्टानजस्तै कडा छ ।

तालुकवाला निकाय नागरिक उड्डयन प्राधिकरण, उड्डयन मन्त्रालय र अर्थ, गृह, रक्षा हुँदै प्रक्रिया भारतीय दूतावासमा पुगेको जानकारी ठेकेदार कम्पनी सीएएमीका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले जानकारी दिए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।