पोखरा एयरपोर्टबाट जहाज उडाउन २५ मिटर डाँडा काट्नुपर्ने

पोखरा, जेठ २३ ।
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण र उडानका लागि पोखरामा २६ मा रहेको एउटा डाँडामात्रै करिब २५ मिटर काट्नु पर्ने भएको छ । जहाज उडान र अवतरण पोखरा २६ मा रहेको रिठ्ठेपानी डाँडा २५ मिटर काट्नुपर्ने भएको हो ।

डाँडा काट्नका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको पोखरा विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । उनका अनुसार डाडाँ काट्न जग्गा धनि पनि तयार भएका छन् । उनीहरु आफैले काट्ने तयारी गरको मुनन्कर्मीले बताए ।

स्थानीयले नेपाल सरकार र पोखरा महानगरपालिकाबाट अनुमति लिएर डाडाँ काट्ने तयारी गरेका छन् । उनका अनुसार करिब ४ सय रोपनी क्षेत्रफलको डाँडा काट्नुपर्ने छ । पोखरा विमानस्थलको अहिले सम्म करिब ३८ प्रतिशत काम सम्पन्न भईसकेको छ भने रन–वे पनि सकिएसको छ ।