पोखरा उवासंघ–चुनावी प्रचारमा दुवै टोलि घरघरै

पोखरा, भदौ २२ ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न व्यस्त छन् । उनीहरु आफ्ना एजेण्डासहित मतदाताका घरघरमा पुगेर मत मागिरहेका छन् ।

अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजु र दामु अधिकारीको टोलि छुट्टाछुट्टै आफ्ना प्यानल लिएर मतदाताको दैलोमा पुगेका छन् । मतदातालाई भेट्ने, गुनासो र समस्या सुन्ने तथा प्रतिबद्धताहरु ब्यक्त गर्ने काम दुवै टोलिले गरिरहेको छ ।

असोज ५ र ६ गते हुने महाधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । दुवैले पत्रकार सम्मेलन गरी प्यानल सार्वजनिक गरिसकेका छन् । आफुले चुनाव जित्नेमा दुवैले आफ्ना दावी प्रश्तुत गरेका छन् । प्रजु बरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा चुनाव लड्न लागेका हुन् भने अधिकारी महासचिवबाट अध्यक्षको रेसमा पुगेका हुन् ।

अनुभवी र पूराना ब्यवसायीहरु आफ्नो प्यानलमा रहेकोले चुनाव जित्ने प्रजु समूहरुको दावी छ । अधिकारी समूहको प्यानल चाहीँ अनुभव र फ्रेस दुवैको समिश्रण गरेकोले सबैले साथ दिने बताउँछ । यद्यपी यसबर्षको चुनावमा निकै कडा प्रतिश्पर्धा हुने अुनमान गरिएको छ ।