पोखरा उवासंघको बरिष्ठ उपाध्यक्षमा कोइराला र अधिकारीको प्रतिश्पर्धा

पोखरा, भदौ १३ ।
पोखरा उद्योग बाणिज्य संघ चुनावी चटारोमा ब्यस्त छ । उम्मेदवारीहरुले आफ्नो दावेदारी प्रश्तुत गरिरहेका छन् । अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र हालका महासचिव दामु अधिकारीले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।

महासचिवमा पनि हालका उपमहासचिव अर्जुन पोख्रेल र सदस्य किसान सुनारबीच प्रतिश्पर्धा हुने लगभग पक्काजस्तै भैसकेको छ । महत्वपूर्ण रुपमा हेरिने बरिष्ठ उपाध्यक्षमा पनि उम्मेदवारी सार्वजनिक भएको छ । अघिल्लो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर पराजीत भएका नारायण कोइराला र यदु अधिकारीबीच बरिष्ठ उपाध्यक्षमा प्रतिश्पर्धा हुने भएको छ ।

केही दिनमै सबै उम्मेदवारले आफ्नो दावेदारी प्रश्तुत गरिसक्नेछन् । यसपालिको चुनाव विल्कुल राजनीतिक हुने सम्भावना छ । काँग्रेस र कम्युनिष्टबीचको प्यानल बनाएर प्रतिश्र्धा हुने बुझिएको छ । यद्यपी हालसम्म प्यालन भने घोषणा भैसकेको छैन ।