पोखरा उवासंघको चुनाव–वाणिज्य उपाध्यक्षमा प्रजापति र पौडेलको प्रतिश्पर्धा

पोखरा, भदौ १६ ।
पोखरा उद्योग बाणिज्य संघको आसन्न चुनावमा वाणिज्य तर्फको उपाध्यक्षमा नेकपा निकट प्यानलबाट उम्मेदवार फेरिएका छन् । यसअघि देवकृष्ण काफ्लेलाई अघि सारिएपनि उनको ठाउँमा यामनाथ पौडेललाई ल्याईएको छ । उता काँग्रेस निकट प्यानलबाट पवन प्रजापतिले दावेदारीका साथ घरदैलो थालिसकेका छन् ।

अधिकारी प्यानलका उम्मेदवारको नाम सार्वजनिक नगरिएपनि पौडेलले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी सार्वजनिक गर्दै भोटको अपिल गरेका छन् । औषधि व्यवसायी पौडेल वस्तुगत संघ मार्फत आएका हुन् । प्रजु प्यानलबाट पौडेलसँग प्रतिश्पर्धा गर्न लागेका प्रजापति हालका कोषाध्यक्ष हुन् । अधिकारी प्यानलबाट अरु उम्मेदवार कायम छन् ।