पोखरा उवासंघको उपमहासचिवमा बराल र गुरुङको प्रतिश्पर्धा

पोखरा, भदौ १४ ।
पोखरा उद्योग बाणिज्य संघको आसन्न चुनावमा उपमहासचिव तर्फ सीता बराल र चिनु गुरुङबीच प्रतिश्पर्धा हुने भएको छ । दुवैजना हाल कार्यसमितिको सदस्य हुन् । बराल दामु अधिकारी र गुरुङ रवीनसन प्रजुको प्यानलबाट चुनावी प्रतिश्पर्धामा आउन लागेका हुन् । औपचारिक निर्णय नभएकोले प्यानल भने बनिसकेको छैन ।

संघमा नयाँ नेतृत्व चयनका लागि असोज ५ र ६ गते हुने ३२ औं अधिवेसन हुँदैछ । अधिकारी र प्रजु दुबैको प्यानल तयारीका लागि भएको आन्तरिक गृहकार्य भैरहेको छ । न्यूरोडमा चेरिष्मा ईम्पोरियम सञ्चालन गरिरहेकी बराल सञ्चारकर्मी पनि हुन् । अर्की प्रतिश्पर्धी गुरुङ चाहीँ सौन्दर्यकर्मी हुन् । गुरुङ ब्यूटि एकेडेकी सञ्चालन गरिरहेकी छिन् ।