पोखरा उद्योग वाणिज्य संघको महासचिवमा विजुक्छे बिजयी

पोखरा, पुस २७ ।
पोखरा उद्योग वाणिज्य संघको महासचिव पदमा सुरेन्द्रमान बिजुक्छे बिजयी भएका छन् । नारायण कोइराला प्यानलबाट उमेदवार बनेका उनी विन्दु कोइराला सुवेदी प्यानलका धनीराम बराललाई ६ सय ८६ मतले पराजित गर्दै महासचिवमा बिजयी भएका हुन् ।
महासचिवमा निर्वाचित बिजुक्छे निवर्तमान कोषाध्यक्ष हुन् । पदाधिकारी तर्फको उम्मेदरवाहरुलाई सबैभन्दा धेरै मतान्तरले पराजीत गरेका हुन् विजुक्छेले ।
बिजयी बिजुक्छुले १ हजार ५ सय १४ मत प्राप्त गरे । पराजित धनीराम बरालले ८ सय २८ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।