पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा आचार्य विजयी

पोखरा, पुस २७ ।
पोखरा उद्योग वाणिज्य संघको नयाँ कोषाध्यक्षमा बलराम आचार्य विजयी भएका छन् । ३३ औं महाधिवेसनबाट उनले विन्दु कोइराला प्यानलका तारानाथ ढुंगानालाई पराजीत गरि कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

आचार्य नारायण कोइराला प्यानलबाट प्रतिश्पर्धामा थिए । आचार्यले १ हजार २ सय ६२ मत पाउँदा ढुंगानाले १ हजार ७० मत पाए ।