पोखरा उद्योग बाणिज्य संघको महासचिवमा अर्जुन र किसानको प्रतिस्पर्धा

पोखरा, भदौ २ ।
पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन असोज ५ र ६ गतेका लागि तोकिएपछि व्यवसायीलाई चुनावी चटारो सुरु भएको छ । अध्यक्ष पछि चासोका साथ हेरिने पद हो महासचिव । हरेक पदमा जस्तै महासचिवमा पनि अहिलेसम्म दुईजना आकांक्षी देखीएका छन् ।

संघका बर्तमान उपमहासचिव अर्जुन पोखरेल र कार्यसमिति सदस्य किसान सुनारले महासचिवमा उम्मेदवारी घोषणा गरेपछि संघको चुनावी माहोल अझै बढेको छ । पोखरेलले चुनावी मिति घोषणा नहुँदै आफू महासचिवमा उम्मेदवार बन्ने घोषणा गरिसकेका थिए ।

महासचिवमा उठ्ने चर्चामा रहेर पनि मौन बसेका सुनारले उम्मेदवारी सार्वजनिक गरेपछि महासचिवमा पनि चुनावी माहोल तातेको छ । युवा उद्यमिको पहिचान बनाएका पोखरेल र सुनारबीचको महासचिव पदमा हुने प्रतिस्पर्धालाई व्यवसायीहरुले चासोका साथ हेरेका छन् ।