पोखरा उद्योग बाणिज्य संघ–निर्वाचित टोलिले लिए शपथ

पोखरा, असोज ८ ।
पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुले सपथ तथा पदभारग्रहण गरेका छन् । पोखरा उद्योग वाणिज्य संघमा सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिनुका साथै पदभार सम्हालेका हुन् ।

संघको ३२औं महाधिवेशनबाट संघमा नयाँ नेतृत्व चयन भएको हो । नव निर्वाचित अध्यक्ष दामु अधिकारीले यसअघि नै निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठको उपस्थितिमा निवर्तमान अध्यक्ष विश्वशंकर पाखिलेबाट पद तथा गोपनियताको सपथग्रहण गरिसकेका थिए । सोमबार आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई पदको सपथ गराएका हुन् ।

सपथ तथा कार्यभार ग्रहणसँगै अध्यक्ष तथा पदाधिकारीको सोमबार नै पदस्थापन समेत भएको छ । नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थितिमा पदस्थापन गराएका हुन् । नव निर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले निर्वाचन सम्पन्न गर्ने सबैलाई धन्यवाद दिएको छ । समारोहमा बोल्दै संघका पूर्व अध्यक्ष तथा सांसद थापाले बधाई ज्ञापन गर्दै निजी क्षेत्रको दरिलो संस्था बनाउन आग्रह गरे ।

स्थानीय तहमा बढेको करको दर बृद्धी, मूल्यबृद्धी जस्ता समस्या समाधान गर्न र उद्योगी ब्यवसायीको आवाज बुलन्द पार्न उनको आग्रह छ । संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चुनावमा देखिएको तिक्तता बिर्सेर एक हुन विजेता सबैलाई आग्रह गरे । नव निर्वाचित अध्यक्ष दामु अधिकारीले सबैलाई धन्यवाद दिए । उनले चुनावी टीम पेन्सिलले लेखिएकोले पूरै मेटिईसकेको भन्दै तिक्तता नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।