पोखरा उच्च वारमा प्रजातान्त्रिक समूहको जीत, बास्तोलाको प्यानल नै बिजयी

पोखरा, भदौ २ ।
पोखरा उच्च अदालत वार एशोसिएसनमा अधिवक्ता रोहितराज बास्तोला निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा प्रजातान्त्रिक समूहका बास्तोलाले अध्यक्षका प्रत्यासी पेसागत प्रगतिशील कानून व्यवसायी समूहका अधिवक्ता जनकल्याण पराजुलीलाई पराजित गर्दै प्यानल नै आफ्नो पक्षमा पारेका हुन् ।

कुल ३ सय ८९ मत खसेकोमा विजयी बास्तोलाले २ सय ४१ र पराजुलीले १ सय ३५ मत पाएका छन् । प्रजातान्त्रिकबाटै उपाध्यक्षमा उत्तम केसी २२६, सचिव विनोद रेग्मी २५१, कोषाध्यक्ष माधवी पाण्डे २४५ र सहसचिव मीनाकुमारी रानाभाट २२६ विजयी भए ।

सदस्यमा हरिबहादुर भुजेल, दुर्गा कोइराला, लेखनाथ सापकोटा, गीताकुमारी लामिछाने, दीपेन्द्र अर्याल, हेमराज बराल, सन्तोषमणि लामिछाने र ईश्वर चिलुवाल विजयी भए । एशोसिएसनमा ९ वर्षपछि मात्र निर्वाचन भएकोमा उत्साह प्रदरुपमा मतदाताको सहभागिता रहेको निर्वाचन समिति संयोजक मुकुन्दराज अर्यालले जानकारी दिए ।

यसबीचमा सहमति आधारमा नेतृत्व चयन हुँदै आएको थियो । अध्यक्षमा विजयीपछि बास्तोलाले आगामी दिनमा बारलाई सबै कानून व्यवसायीको बार बनाउने प्रतिबद्धता व्यक्त गरे ।

विगतको परिणामसमेत हेर्दा उच्च वारमा प्रजातान्त्रिक समूहको वर्चश्व रहँदैआएकोमा जिल्ला वारमा भने प्रगतिशील समूह अघि छ । बारमा कुल ४ सय १८ जना मतदाता रहेकोमा बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान भएको थियो ।