पोखरा आगामी बजेट घट्यो, ७ अर्व १५ करोड

पोखरा, असार १० ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्व १५ करोडको बजेट ल्याएको छ । उपमेयर मन्जुदेवी गुरुङले ७ अर्व १५ करोडको बजेट प्रश्तुत गरेकी हुन् । यो बजेट चालू वर्षभन्दा १ अर्ब ८४ करोड रुपैयाँ कम हो । पोखराले चालू वर्षमा ८ अर्ब ९९ करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।

पोखरालाई संघ सरकारले २ अर्ब ७६ करोड अनुदान दिनेछ भने प्रदेश सरकारले १० करोड २३ लाख अनुदान दिनेछ । २ अर्व २७ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने र संघ सरकारले राजश्व बाँडफाँट मार्फत ३६ करोड ६२ लाख रुपैयाँ तथा प्रदेशले ८ करोड २५ लाख दिने छ ।

स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड संकलन गर्ने छ । ४५ करोड रुपैयाँ चालू वर्षमा खर्च हुन नसकेर मौज्दात रहने बताइएको छ । पोखराले सबैभन्दा बढी पूर्वाधारमा २ अर्व ७० करोड विनियोजन गरेको छ ।