पोखरा आउने जन्ति बोकेको बस तनहूँमा पल्टिँदा १ को मृत्यु, ५ घाईते

पोखरा, भदौ २९ ।
तनहुँको म्याग्दे गाँउपालिका–३ नयाँबजारमा जन्ती बोकेको बस अनियन्त्रित भई पल्टिँदा १ जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् । भरतपुरबाट पोखरा आउँदै गरेको ना ५ ख २ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा चितवनका १७ बर्षिय सन्देश खड्का छन् । घाईतेहरुको उपचारका लागि पोखरा ल्याईएको छ । भरतपुर बस्ने सरोज थापा, नवलपरासीकी शान्ति गुरुङ, गंगा थापा, नरमायाँ थापा र दुर्गा पुन घाईते भएका प्रहरीले जनाएको छ ।