पोखरामा ४ वटा गाडी एकैपटक ठोकिएपछि…

पोखरा, फागुन १७ ।
पोखराको चाउथेमा चारवटा गाडी ठोकिँदा १० जना घाईते भएका छन् । साँझ भएको दुर्घटनामा घाईतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचारमा उपचार भइरहेको छ । सामान्य घाईते अरुलाई पश्चिमाञ्चल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र अन्नपुर्ण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखराबाट चाउथे तर्फ जादै गरेको ग१च ४४४९ जिपले ग१ज २६७६ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको हो । त्यसपछि अर्को ट्याक्सी ग१ज ३७०७ नम्बरको र त्यस पछि बा१०प १५२४ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीको भनाई छ ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घाईते हुनेमा स्याङजा विरुवाका ३० बर्षिय जीत बहादुर विक, नुवाकोट घर भई पोखरा १० औद्योगिक क्षेत्र बस्ने २४ बर्षिया माया तामाङ, ३५ बर्षकी विरमाया तामाङ, पोखरा २६ सुन्दरीबजार बस्ने ३३ बर्षिय अमृत जिसी, ३८ बर्षिय सागर लामिछाने, स्याङजा घर भई हाल काठमाण्डौं बस्दै आएका मुकेश ढुंगाना, काठमाण्डौं घर भई पोखरा १७ बिरौटा बस्दै आएका ६८ बर्षिय गोपिकृष्ण ढुंगाना, ३४ बर्षकी उपमा शर्मा, ६२ बर्षका ईन्द्रबहादुर ढुंगाना र ५ बर्षका आश्रय ढुंगाना छन् । दुर्घटनाका गाडीहरु प्रहरी नियन्त्रणमा छन् ।