पोखरामा २ लाख नगद सहित कौडा खेल्ने ८ जना पक्राउ

पोखरा, कार्तिक ८ ।
पोखरा ३१ लामास्वाराबाट कौडा खेलिरहेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक गणेश सुवेदीको नेतृत्वमा गएको टोलिले २ लाख नगद सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा २७ तालचोकका ४३ बर्षिय विनोद पाण्डे, पोखरा ३० शिशुवाका २८ बर्षिय अमर केसी, पोखरा ३१ का ६१ बर्षिय लोकबहादुर गुरुङ, ३५ बर्षिय रमेश गुरुङ, ३६ बर्षिय सूर्यबहादुर राना, २५ बर्षिय दीपक पुलामी मगर, ५२ बर्षिय बीरबहादुर गुरुङ र ३१ बर्षिय नुर गुरुङ छन् ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुर मुद्धामा म्याद थप अनुसन्धान भैरहेको छ ।