पोखरामा २ करोडभन्दा बढी ठगी, पीडितले दिए प्रहरीमा उजुरी

पोखरा, माघ ३ ।
बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानाले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको छ । उनले पैसा नभएको खाताको चेक दिँदै ठगी गरेको उजुरी परेको हो । पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुनथापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले आपूmहरु सरीताबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका उजुरी दिएका छन् ।

दिलमाया पुन आपैmलाई पैसाको समस्या परिरहेको थियो । घडेरी बेच्ने योजनाका क्रममा उनको सरीताकुमारी रानासँग भेट भयो । ‘थोरैथोरै पैसा सापटी मागेर फिर्ता गर्थिन्,’ दिलमाया भन्छिन्, ‘लगभग ४ महिनाअघि २ लाख ५० हजार मागेर फिर्ता गरेकी थिइन् ।’ १घडेरी बैंकले लिलाम गर्न लागेकाले र उक्त घडेरी किनेर बेच्दाको फाइदाले ऋण तिर्न सजिलो हुने सल्लाह सरीताले दिलमायालाई दिइन् ।

बैंकले लिलामी गर्न लागेको जग्गा किन्दिछु भन्दै सरीताले दिलमायासँग पैसा लिइन् । सरीतालाई दिलमायाले १ करोड ७० लाख रुपैयाँ दिइन् पनि । पहिला पहिलाको सापटी फिर्ता दिइरहेको हुँदा दिलमायाले दिइन् । तर त्यो पैसा पाएपछि फिर्ता नगरी सरीता सम्पर्कविहीन भएको दिलमाया बताउँछिन् । सरीताले एनआइसी एसियाको १ करोड ७० लाख रुपैयाँ बराबरको चेक दिलमायालाई दिएकी थिइन् ।

तर दिलमायालाई बैंकले खातामा पैसा नभएको भन्दै फर्कायो । लेखनाथमा बुढीबजारमाकी नीरा सुनार पनि सरीतासँग १९ लाख रुपैयाँ फँसेको सुनाउँदै थिइन् । लेखनाथकै देवी जिसी सरीतासँग ठगिएको भन्दै प्रहरीकहाँ पुगेकी छन् । बैंकले लिलाम गर्न लागेको घर भाइलाई सस्तोमा मिलाई दिन्छु भन्दै सरीताले पैसा मागेको जिसीले बताइन् । सरीताले ७ दिनका लागि ३ लाख लगेको र फिर्ता नगरेको उनको भनाइ छ ।

सरीताले फरक फरक व्यक्तिसँग ३ लाखदेखि १ करोड ७१ लाखसम्म ठगी गरेको आरोप लागको छ । पीडितहरुले जाहेरीमा उल्लेख गरे अनुसार २ करोड ४२ लाख रुपैया“ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । क्रेता गाडी, निजी ड्राइभर र काम गर्ने १ जना सहयोगीसमेत राखेर सरीता अर्घाैंचोकको डेरामा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओम रानाले घटनाको छानबिन भइरहेको बताए । यो खवर समाधान दैनिकले छापेको छ ।