पोखरामा २४ घण्टे ब्यवसाय चलाउन मापदण्ड बन्दै

पोखरा, असोज २५ ।
गृह मन्त्रालयले २४ सै घन्टा ब्यवसाय खोल्न पाउने निर्देशन जारी गरे पनि निर्देशिका अभावमा पूरानै अवस्थामा ब्यवसाय चलिरहेको छ । ११ बजेपछि पोखरामा होटल तथा रेष्टुरेण्ट पूरै सुनसान हुन्छन् । सँधै ब्यवसाय खोल्न पाउने गरी जिल्ला प्रशासन कार्यालय कास्कीले ब्यवसायीको रोहवरमा मापदण्ड तयार गर्ने तयारी गरिरहेको छ ।
‘अहिले ११ बजे होटल, रेस्टुरेन्ट, क्याफे तथा गजल, दोहोरीका सांगीतिक कार्यक्रम बन्द गर्ने र १२ बजेभित्र सबै ग्राहकलाई पठाउने एकखालको सहमति छ, सिडिओ तारानाथ अधिकारीले भने–अव छिट्टै व्यवसायीसँग छलफल गरेर एउटा निर्णय निकाल्ने र ब्यवसायीलाई बाटो फुकाउने योजना भैरहेको छ ।’
मन्त्रालयको जवाफ आएसँगै व्यवसायीको छलफलबाट एउटा मापदण्ड तयार गर्ने उनले बताए । तोकिएको समय नाघेर मदिराजन्य सामग्री बेचे कारबाही हुने तर अन्य सामग्रीमा रातभर चलाउन पाउने गरी मापदण्ड तयार गरिने उनको भनाइ छ ।