पोखरामा १४ बर्षिय बालिका मृत फेला, हत्या भएको प्रहरीको अनुमान

पोखरा, भदौ ८ ।
पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासीनि मावि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् । १४ बर्षिया पुष्पा केसीले बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् ।

विद्यालयको बसले करिब साढे ४ बजे छाडेपछि उनी घर नपुगे पछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार साँझ मृत अवस्थामा फेला परेकी छन् । पोखरा १९ फापरतरोमा केसी सव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर सव भेटिएको हो । उनको झोला भने पोखरा १९ ढाडमा घर देखी करिब १ किलोमिटर पर भेटिएको थियो । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।