पोखरामा हेर्दाहेर्दै प्रहरीले यसरी खायो घुस (भिडियो सहित)

पोखरा, साउन १४ ।
साउन १४ गते । समयः ७ः२० बजेतिर । रेडियोमा साँझ ६ बजेको बिग न्युज पढिसकेर (सुमन थापा दिदीसँग) घर जाने क्रममा थिए । चिप्लेढुंगाबाट छोरेपाटन जान बसमा चढेँ । केहि समयपछि फिल्मी शैलीमा बस अगाडि दुई जना प्रहरी सवार मोटरसाइकल रोकियो ।

प्रहरीले ब्लुबुक र लाईसेन्स माग्न थाले । चालकसँग केहिबेर बहस चल्यो । त्यसको केहिबेर पछि उनीहरु फर्किए । परिचालकले चालकलाई माथि गएर आउँछु भन्यो । किन ? भनेर चालकले प्रश्न गरे । उनले जवाफ फर्काएः ’मामालाई रिचार्ज कार्ड हाल्ने पैसा चाहियो रे ।’

परिचालक थोरै माथि चोक तिर लम्किए । म पनि केहि गडबढ पक्कै छ भनेर पछि पछि लागेँ । बिग एफएम अगाडि सडकको जेब्रा क्रसिङबाट चिप्लेढुंगा चोकसम्मै पुगेँ । ति दुई प्रहरीहरु हातमा तीन चार वटा ब्लुबुक र लाईसेन्स लिएर बसिरहेका थिए । मैले हातमा मोबाइल लिएर थाहा नपाउने गरि भिडियो खिचिरहेँ । प्रहरीले तीन वडा गाडीका परिचालकहरुलाई यताउति डुलायो र कसैले नदेख्ने गरी पैसा लियो । उता फर्किएकाले भिडियोमा त्यो दृश्य परेन ।

कास्की प्रहरी कारबाही गर, को हुन् अँधेरो छोपेर ड्राइभरसँग घुस लिने यी प्रहरीहरु ? ड्राइभरसँग ब्लुबुक, लाइसेन्स मागेर लान्छन्, अनि परिचालक बसबाट झरेर ’मामालाई रिचार्ज कार्ड किन्नुपरो’ भनेर’ अलिक टाढा पुगेपछि घुस दिएर लाइसेन्स ब्लुबुक फिर्ता लिन्छन् ।

आज हेर्दा हेर्दै नाटकीय शैलीमा राष्ट्रसेवकले यसरी घुस खाएको देखेँ । चालकले त जरिवाना तिर्नै प¥यो । तर त्यो राजश्वको ढिकुटीमा होईन ट्राफिक र नेपाल प्रहरीको खल्तीमा प¥यो । राष्ट्रसेवक यसरी २–४ सयमा बिकेको पहिलो पटक देखेँ । कास्की प्रहरी यस भिडियो फुटेजका आधारमा तुरुन्त पहिचान गरी कारबाही गर्न नचुकोस् ।
अनुप पाैडेल/एफएम विग डटकम