पोखरामा हाइस र बस जुध्यो, ८ जना घाईते

पोखरा, माघ ४ ।
पोखराको औद्योगिक क्षेत्रमा माईक्रो हाइस र बस जुध्दा ८ जना घाईते भएका छन् । पोखराबाट दमौली जाँदै गरेको बा ४ ख ८४१६ नम्बरको हाइस र काठमाण्डौबाट पोखरा आउँदै गरेको ग १ ख ८५२१ नम्बरको बस आपसम ठक्कर खाँदा माईक्रो चालक र सहचालक सहित ८ जना घाइते भएका हुन् ।

घाइतेहरु सबैको पश्चिम क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।