पोखरामा स्कुटर र मोटरसाईकल ठोकियो, ३ जना घाइते

पोखरा, पुस २३ ।
पोखरा महानगरपालिका १२ सरस्वती स्कुल अगाडी मोटरसाइकल र स्कुटर ठोकिदा तीन जना घाइते भएका छन् । ग ८ प ३३४४ नम्बरको स्कुटर र ग १० प ८००६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा स्कुटरमा सवार तिन जना घाइते भएका छन् ।

घाईते हुनेमा पोखरा १३ संगम टोल बस्ने ५७ बर्षिय प्रत घले, ५३ की यमकाशी घले र ६ बर्षको एल घले घाइते भएका छन् । घाईतेहरुको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएको छ ।