पोखरामा सामाजिक परिचालकको आन्दोलनमाथी प्रहरी हस्तक्षेप (भिडियो)

पोखरा, साउन ३० ।
पोखरा केन्द्रित आन्दोलन गरिरहेका गण्डकी प्रदेशका सामाजिक परिचालकहरुमाथी प्रहरीले हस्तक्षेप गरेको छ । मुख्यमन्त्रीको कार्यालय पार्दी नजिक निषेधित क्षेत्रबाहिर आन्दोलन गरिरहेका सामाजिक परिचालकलाई प्रहरीले जबरजस्ती हटाउने प्रयास गरेको थियो ।

तर केहीबेर धकेलाधकेल भएपछि प्रहरी पछि हटेको छ । अहिले त्यस क्षेत्रमा महिला प्रहरी बढाईएको छ । पुनर्वहालीको माग गर्दै आन्दोलनमा लागेका सामाजिक परिचालकहरुले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने घोषणा गरेका छन् । गण्डकी प्रदेशमा ४८५ जना सामाजिक परिचालकहरु कार्यरत छन् ।

उनीहरुलाई असार मसान्तपछि श्रोतका आधारमा नियुक्ति दिन सरकारले स्थानीय तहलाई परिपत्र गरेको छ । तर कर्मचारी आवश्यक नरहेको भन्दै अधिकांश स्थानीय तहले काममा खटाएका छैनन् ।