पोखरामा सडक कब्जा गरेर काँग्रेसको प्रदर्शन, अधिनायकबादी शैलिमै अधिनायकबादको विरोध !

पोखरा, साउन १५ ।
सरकारले अधिनायकबादी शैलि देखाएको भन्दै नेपाली काँग्रेस यतिबेला आन्दोलनमा छ । सडक आन्दोलनमा निस्किएको काँग्रेसको मुख्य एजेण्डा सरकारले गरेको गतिविधीमा केन्द्रित छ । प्रधानमन्त्री केपी ओलीले सिण्डिकेट र अधिनायकबादको पक्षपोषण गरेको भन्दै आन्दोलनमा होमिएको काँग्रेसले मंगलबार गरेको प्रदर्शनमा प्रजातन्त्रका चर्का भाषण सुनिए ।

तर काँग्रेसले गरेको प्रदर्शनमा अधिनायकबाद छर्लङ्ग देखिन्थ्यो । काँग्रेसले ११ बजे पृथ्वीचोकबाट र्याली निकाल्ने कार्यक्रम थियो । सोही अनुसार कार्यकर्ताहरु भेला भएर सडकका दुवै छेउ कब्जा गर्दै चिप्लेढुंगा विपीचोक पुगेपछि कोणसभा भएको थियो । करिब ३ घण्टा चलेको कोणसभामा काँग्रेसका कार्यकर्ताले सडकका तीनै छेउ कब्जा गरी चर्का भाषण लगाए ।

कोणसभा हुन्जेल गाडी र मोटरसाईकलहरु सिद्धार्थचोकबाट सिर्जनाचोक डाईभर्ट गरिएको थियो भने महेन्द्रपुलबाट चिप्लेढुंगा आउने गाडीहरु पनि नयाँबजार मोडिएको थियो । न्यूरोडका गाडीहरुलाई सभागृहचोकबाट डाइभर्ट गरेर लखेटियो । जनताको पक्षमा आवाज बुलन्द पार्ने आन्दोलनको तयारी थालेको काँग्रेसले गरेको यस्तो ब्यवहारले सर्वसाधारण जनतालाई निकै सास्ती परेको छ ।काँग्रेसको मंगलबारको प्रदर्शनलाई मुद्धा सही भएपनि शैलि नमिलेको टिप्पणी गरेका थिए । सुरुमा धेरै कार्यकर्ता भएपनि पछि विस्तारै आकार घटिरहेको थियो । थोरै कार्यकर्ता हुँदापनि प्रहरीले सडक खुलाउने चेष्टा गरेन । स्वतन्त्र रुपमा हिडडुल गर्न पाउने नागरिकको दायित्वमाथी प्रशासनले पनि कडाई गर्न सकेन । उल्टो गलत कामलाई मौन समर्थन गर्दै सुरक्षाकर्मी गाडी छेक्न तैनाथ गरिएका थिए ।

पोखरामा जुनसुकै पार्टीले पनि सडकमा आन्दोलन र प्रदर्शन गर्ने क्रम उत्तिकै छ । चुनाव जितेकै भोलिपल्ट तत्कालीन एमाले र माओवादीले पनि घण्टौंसम्म सडक कब्जा गरेर भाषण ठोके । हरेक पटक नेताहरु आन्दोलनको शैलि परिवर्तन गरी सडकबाट स्थानान्तरण गर्ने प्रतिबद्धता जनाएपनि शैलि फेरेका छैनन् ।