श्रीमान श्रीमति मिलेर बृद्धालाई कुटपिट, घाइतेको पाेखरामा उपचार हुँदै

पोखरा, बैशाख ११ ।
म्याग्दीमा कुटपिट गरी एकजना घाईते भएकी छिन् । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ३ रानीपौवा बस्ने ६६ वर्षीया मिन कुमारी कार्कीलाई सोही ठाउँ बस्ने छिमेकी प्रेम कार्की र उनकी श्रीमती सुना कार्कीले कुटपिट गरेका हुन् ।

श्रीमान श्रीमती मिलेर सामान्य मनमुटाबको विषयलाई लिएर कार्कीको टाउकोमा ढुङाले प्रहार गर्दा उनी घाईते भएकी हुन् । उनको टाउकोमा गहिरो चोट लागेको छ ।

घाईते मिनकुमारीलाई उपचारका लागी पोखराको मणिपाल अस्तालमा ल्याईएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । कुटपिट गर्ने २ जनालाई घटनास्थलमा पुगेको प्रहरीले पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाईएको छ ।