पोखरामा श्रीमानले गैंचीले हानेर श्रीमतिको हत्या गरे

पोखरा, साउन १४ ।
पोखरा महानगरपालिकाको लेखनाथ तालचोक नजिकै हाउजिङमा श्रीमानले गैंचीले हानेर श्रीमतिको हत्या गरेका छन् ।

पोखरा २७ का ६३ बर्षिय कमल कुमालले गैंचीले श्रीमती ५५ बर्षिय सुन्तली कुमाललाई प्रहार गर्दा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपि रविन्द्र गुरुङले जानकारी दिए । सोमबार करिब २ बजे रक्सि मातेर झगडा गर्दा श्रीमतीलाई गैचिले प्रहार गरेका थिए ।

प्रहारबाट घाइते भएकी सुन्तलीको सामुदायीक अस्पताल शिसुवामा उपचारका क्रममा करिब साढे २ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कमललाई प्रहरीले नियन्त्रणमा लिएको गुरुङले जानकारी दिए ।