पोखरामा विस्फोट गराउने विप्लव कार्यकर्ता पक्राउ

पोखरा, फागुन ९ ।
पोखरामा मंगलबार विस्फोट गराउने विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ परेका छन् । घटनामा संलग्न भएको आशंकामा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा ३१ का विप्लव समूहका जनसरकार प्रमुख जगन भन्ने नन्द प्रसाद तिवारी, पोखरा १८ बस्ने अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका अध्यक्ष पुष्प कार्की र पोखरा २५ बस्ने अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका खड्क बहादुर राई छन् ।
मंगलबार पोखराका विभिन्न ४ ठाउँमा विस्फोट भएको थियो । पोखरा १४ बिजयपुर खोला पुल नजिक प्रेसर कुकर बम राखेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रबक्ता खडकबहादुर खत्रीले जानकारी दिए । उनीहरुलाई बिष्फोटक पदार्थ मुद्धामा म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।