पोखरामा वातावरणमैत्री शवदाह गृह निर्माण

पोखरा, असार १९ ।
एभरेष्ट बैंक लिमिटेडको सहयोगमा पोखराको शान्तिघाट स्थित सेतीनदी किनारमा वातावरण मैत्री शवदाह गृह निमार्ण भएको छ । शवदाह गृहको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उद्घाटन गरे ।

आधुनिक शवदाह गृहमा एउटा शव जलाउन एक सय केजी दाउरा र एक घण्टा २० मिनेट मात्र लाग्ने एभरेष्ट बैंकका समय लाग्ने एभरेष्ट बैकका निर्देशक डा. बालगोपाल बैद्यले जानकारी दिए । उनले बैंकको सामाजिक उत्तरदाइत्व अन्तरगत पोखरामा निर्माण गरेको र अन्य ठाउँमा पनि शवदाह गृह निमार्ण गर्ने बताए ।

करिब ६० लाख रुपैयाँ लागतमा निर्माण भएको शवदाह गृहको व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शवदाह गृहको व्यवस्थित सञ्चालनका लागि कार्यविधि तय गरिने बताए ।

उनले बातावरण संरक्षणका साथै वन पैदावारको जर्गेनामा पनि सहयोग पु¥याउने बताए । असार महिना भर शवदाह गृहमा जलाउन लाग्ने खर्च पोखरा महानगरपालिकाले व्यहोर्ने उनको भनाई छ । पोखरामा व्यवस्थित शवदाह गृह नहुँदा शव जलाउन कठिनाइ हुँदै आएको थियो ।

शवदाह गृहमा जलाउदा परम्परागतभन्दा थोरै दाउरामा जालउन सकिने छ । उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले वातावरणको सुन्दरतालाई क्षयीकरण हुन नदिन सबैको सचेतना अपरिहार्य भएको बताए । वातावरण मैत्री शवदाह गृह निर्माणसंगै यहाँको वातावरणीय स्वच्छतामा महत्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ ।