पोखरामा लडेर भ्यान चालकको मृत्यु

पोखरा, साउन २१ ।
पोखराको वडा नम्बर ५ विकासमार्गमा एकजनाको लडेर मृत्यु भएको छ । ग १ ज २६४६ नम्बरको भेन चालकको अचानक लडेर मृत्यु भएको हो । बगालेटोलका ३७ बर्षिय ज्ञानेन्द्रबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेको खवर पाउने वित्तिकै प्रहरीले उनलाई फिस्टेल अस्पताल पु¥याएको थियो । अस्पताल लैजाने वित्तिकै डाक्टरले मृत घोषणा गरेका हुन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।