पोखरामा रोकिराखेको गाडीमा आगलागी

पोखरा, पुस २२ ।
पोखराको जीरोमा रोकिराखेको गाडिमा आगलागी भएको छ । १ महिना अगाडीदेखि रोकिराखेको गाडीमा अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट ना ५ ख ७२०४ नम्बरको गाडीमा क्षति भएको छ । गाडीको बाहिरी भागमा खासै असर नपरेपनि भित्री भाग पूर्ण रुपमा चलेको पत्रकार अनुपप्रकाश पौडेलले जानकारी दिए ।
उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिईसकेका छन् । आगलागीको कारणबारे कुनै जानकारी आएको छैन । यसबारे अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।