पोखरामा रगं लाउने क्रममा रिसोर्टबाट खसेर एकजनाको मृत्यु

पोखरा, कार्तिक १४ ।
पोखरा १८ सराङकोटमा रंग लाउँदै गरेका एकजनाको मृत्यु भएको छ । होटल बाराहीको बन्दै गरेको रिसोर्टमा पेन्टिङ गर्ने क्रममा मकवानपुरको हेटौंडा बस्ने २५ बर्षका राज कुमार मगरको मृत्यु भएको हो ।

तेश्रो तलामा रंग लगाउँदै गर्दा खसेर घाईते भएका उनको मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भैरहेको छ ।