पोखरामा युवाहरुबीच फाईट, दुईजना घाईते

पोखरा, कार्तिक १८ ।
पोखराको पृथ्वीचोकमा युवाहरु बीच भएको झगडामा दुईजना घाईते भएका छन् । पृथ्वीचोकमा ५÷७ जना यूवाहरुबीच भनाभन भएपछि झगडा भएको थियो ।

झगडामा पोखरा ७ रत्नचोकका ३५ बर्षिय विमल पहारी र राष्ट्रबैंकचोक बस्ने ३० बर्षका प्रदीप गुरुङ घाईते भएका हुन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

झगडामा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झगडाको कारणबारे स्पष्ट छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।