पोखरामा मोटरसाईकल र स्कुटर ठोकियो, दुईजना घाईते

पोखरा, मंसिर १५ ।
पोखरा ५ मालेपाटनमा मोटरसाईकल र स्कुटर ठोकिँदा दुईजना घाईते भएका छन् । ग १२ प ४०२९ नम्बरको मोटरसाईकल र ग ११ प २६७४ नम्बरको स्कुटर ठोकिँदा कास्कीको माछापुच्छ्रे गाँउपालिका ३ नाउडाँडाका २० बर्षिय अच्युत अधिकारी र पस्र्याङका ५५ बर्षिय डिलबहादुर नेपाली घाईते भएका हुन् ।

घाईते दुवैको उपचार भैरहेको छ । मोटरसाईकल र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।