पोखरामा मोटरसाईकल पोलमा ठोकिँदा चालककाे मृत्यु

पोखरा, मंसिर ६ ।
पोखराको सिद्धार्थचोकमा मोटरसाईकल विजुलीको पोलमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । ग १५ प २०१८ नम्बरको मोटरसाईकल विजुलीको पोलमा ठोकिएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक पोखरा २५ हेमजाका १८ बर्षिय सुवास नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते नेपालीको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।