पोखरामा मोटरसाईकल दुर्घटना, १ जना गम्भीर

पोखरा, फागुन २ ।
पोखराको शिवचोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जना गम्भीर घाईते भएका छन् । माईक्रोबसको ठक्करबाट मोटरसाईकल चालक घाईते भएका हुन् । घाईतेको परिचय खुलेको छैन । ग ११ प ६१४० नम्बरको मोटरसाईकललाई नम्बर नखुलेको माईक्रोबसले ठक्कर दिएको थियो ।
ठक्करपछि माईक्रोबस भागेको छ । घाईतेको स्थानीय शिवचोककै अन्नपूर्णं अस्पतालमा उपचार भैरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनसुन्धान भैरहेको छ ।