पोखरामा मोटरसाईकलले ठक्कर दिँदा १ जना घाईते

पोखरा, भदौ २८ ।
पोखरा ८ नागढुंगाको ओरालोमा मोटरसाईकलले ठक्कर दिँदा १ जना घाईते भएका छन् । नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट पैदलयात्रा गरिरहेका १८ बर्षिय लक्ष्मण श्रेष्ठलाइ ठक्कर दिएको हो ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकलको खोजी भएरहेको छ ।