पोखरामा मोटरसाईकलको ठक्करले २ जना घाईते

पोखरा, असोज २७ ।
पोखरामा मोटरसाईकलको ठक्करबाट २ जना घाईते भएका छन् । पोेखरा ५ मालेपाटनमा ग ६ प १३३४ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री स्थानीय ५५ बर्षकी चिजकुमारी गुरुङ र मोटरसाईकलमा सवार जीरोे किमीकी ४२ बर्षिया शारदा आचार्य घाईते भएका हुन् ।

उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । मोटरसाईकल प्रहरीको नियन्त्रणमा छ ।