पोखरामा मोटरसाईकलको ठक्करले पैदलयात्री घाईते

पोखरा, कार्तिक १४ ।
पोखरा ६ जरेबरमा मोटरसाईकलको ठक्करले एकजना घाईते भएका छन् । ग १० प ४०७९ नम्बरको मोटरसाईकलले पैदल यात्री पोखरा महानगरपालिका–१७ ड्यामसाईड बस्ने वर्ष ५६ का बल बहादुर जिसीलाई ठक्कर दिएको हो ।

घाईते जिसीको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा छन् ।