पोखरामा मोटरसाइकल र स्कुटर ठोकियो

पोखरा, साउन ३१ ।
पोखरा महानगरपालिका ६ बुलौदीमा दुर्घटना भएको छ । मोटरसाइल र स्कुटर ठोकिदा दुई जना घाइते भएका छन् ।

ग११प १३५६ नम्बरको मोटरसाइकल र ग८प ७३६६ नम्बरको स्कुटर ठोकिएका हुन् । लेकसाइटबाट आएको स्कुटर बुलौदी खोला तर्फको सडकमा क्रस गर्नेक्रममा स्पिडमा आएको मोटरसाइकले ठक्कर दिएको स्थानीले बताएका छन् ।

दुबै घाइतेको पोखरा मेट्रोसिटि अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । स्कुटर र मोटरसाईकलका चालक घाईते भएका हुन् ।