पोखरामा मृत भेटिएकी पुष्पाको टाउको, फोक्सो र छातीमा चोट !

पोखरा, भदौ ९ ।
पोखरा १९ लामाचौरकी १३ बर्षिया किशोरीको शव शुक्रबार साँझ भेटियो । विहिबारदेखि बेपत्ता पुष्पा केसीको नांगो अवस्थामा शव भेटिएको हो । लामाचौर फापरतरो स्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडिमा स्कर्ट खोलिएको अवस्थामा शव भेटिएको स्थानीयले बताएका छन् । उनको स्कर्ट र बेल्ट शवकै आडमा खोलिएको अवस्थामा रहेको उनका काका ध्रुव केसीले जानकारी दिए ।

उनको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको पोष्टमार्टबाट पुष्पाको टाउकोमा रगत जमेको, देब्रे छाती, फोक्सोमा चोट लागेको र देब्रे खुट्टाको कुर्कुचा भाचिएको देखिएको छ । पोष्टमार्टको पुर्ण विवरण भने आइतबार मात्रै आउने अस्पतालले जनाएको छ । पहिलो चरणको पोष्टमार्टको रिपोर्टबाट पुष्पाको मृत्यु चोटपटकबाट भएको देखिएको उनका एक आफ्न्तले बताए ।

उनले अर्को रिपोर्ट आएपछि अझ धेरै कुरा थाहा हुनेछ । कास्कीका प्रहरी प्रमुख ओम रानाले हत्या वा लडेर कसरी मृत्यु भयो भन्ने बारे नखुलेको बताए । स्थानीयले बलत्कार पछि हत्या भएको बताएपनि पोष्टमार्टमामा बलत्कार भएको नदेखिएको अस्पताले जनाएको छ ।

विन्ध्यवासीनि माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा बिहीबार साढे ५ बजे विद्यालयको बसबाट घर भन्दा करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन् । साझँ सम्म घरमा नआए पछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको झोला भने केही पर चौतारोमा भेटिएको थियो ।