पोखरामा महिलामाथी बलात्कार, एकजना पक्राउ

पोखरा, कार्तिक २० ।
महिलामाथी जवरजस्ती करणी गरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा ढुंगेपाटनका ४३ बर्षिय मिनुराज घिमिरेलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँकी ४३ बर्षिय महिलाले आँफूमाथी बलात्कार भएको भन्दै कास्की प्हरीमा उजुरी दिएकी थिईन् । घिमिरेले पटक पटक बलात्कार गरेको महिलाको आरोप छ ।

घिमिरेमाथी अनुसन्धान सुरु भैसकेको प्रहरीले जनाएको छ ।