पोखरामा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’

पोखरा, पुस २३ ।
नेपाल विद्यार्थी संघले पोखराका मुख्य–मुख्य चोकमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ब्यानर टाँसेको छ । ब्यानरमा भ्रष्टाचार विरोधी नारा लेखिएको छ । सोमबारदेखि सुरु अभियानलाई देशैभर लैजाने विद्यार्थी संघले जनाएको छ ।

नेपाली कांग्रेस महासमिति सदस्य गुरु बरालले ब्यानर टाँसेर अभियानको सुरुआत गरे । पहिलो चरणमा ४० ओटा ब्यानरलाई मुख्य चोकसँगै क्याम्पस गेटअगाडि टाँसिने नेविसंघले जनाएको छ । अभियान पोखराको पीएन क्याम्पसबाट सुरु गरिएको छ ।