पोखरामा भीषण बर्षा, सडकैभरी ताल (भिडियो सहित)

पोखरा, भदौ २५ ।
पोखरामा सोमबार दिउँसो ४ बजेपछि निरन्तर बर्षा भैरहेको छ । अहिले पोखराका सडकभरी पानी तालिएको छ । नालीबाट बग्ने पानी सडकबाट बग्न थालेपछि सडकमा गाडी गुड्न समेत समस्या भएको छ ।

धेरै पानी बगेका कारण पैदलयात्रुलाई सडक वारपार गर्न पनि समस्या भएको छ । पोखरामा पानी परेपछि सडकमा यात्रा गर्न निकै कठिन हुन्छ ।